झापा ५ मा एमाले अध्यक्ष ओली अगाडि

-



     सफल आवाज    
     मंसिर ६ गते २०७९ मा प्रकाशित



झापा, ६ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ मा अग्रता कायम राखेका छन् । मतगणनाको शुरुआत देखि नै उनी अग्रस्थानमा रहँदै आएका छन् । अध्यक्ष ओलीले १७ हजार ४ सय ६८ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १० हजार ३ सय ७ मत प्राप्त गरेका छन् ।

यसैगरी झापा ५ कै प्रदेशसभामा एमाले उम्मेदवारले अग्रता कायम गरेका छन् । झापा–१ मा एमालेका हिक्मतकुमार कार्कीले अग्रता कायम गरेका हुन् । प्रारम्भिक परिणाम अनुसार उनले ९ सय ८१ मत प्राप्त गरेका छन् । यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका जीवनकुमार राईले ६ सय ३२ मत प्राप्त गरेका छन् ।

झापा–५ २ मा एमालेका होमबहादुर थापा १ हजार २ सय ३४ मतसहित अगाडी रहेका छन् । गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रेवतराज पुरीले ७ सय ४८ मत प्राप्त गरेका छन् ।