
कास्की, ७ मंसिर । कास्कीको निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले)को अग्रता कायमै छ । क्षेत्रमा कुल ६८ हजार ६ सय ३२ मत खसेकामा हालसम्म १९ हजार ५ सय ६९ मतगणना गर्दा ८ सय २९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेका मनबहादुर गुरुङ ८ हजार २ सय ६५ मत प्राप्त गर्दै अघि छन् भने उनलाई नेपाली कांग्रेसका किशोरदत्त बरालले ७ हजार १ सय १६ मतसहित पछ्याइरहेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले २ हजार २ सय ११ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले ८ सय ३६ मत ल्याएका छन् ।
उक्त क्षेत्रको प्रदेशसभा ९२०मा १९ हजार ६ सय ५१ मत गन्दा ५ सय ८२ मत बदर भएको छ । जारी मतगणनामा प्रदेशसभा सदस्यका लागि एमालेका बेदबहादुर गुरुङ ८ हजार ७ सय ३ मतसहित अघि छन् । कांग्रेसका दीपक गुरुङले ७ हजार ५ सय ७७ मतसहित उनलाई पछ्याइरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका महेन्द्रबहादुर कार्कीले १ हजार ७ सय १७ मत प्राप्त गरेका छन् भने हाम्रो नेपाली पार्टीका महेश श्रेष्ठले ६ सय ६५ मत ल्याएका छन् ।
प्रतिनिधिसभामा समानुपातिकतर्फ १९ हजार नौ सय २३ मतगणना गरिएकामा छ सय ५७ मत बदर भएको थियो । यसमा एमालेले सात हजार ४७ मत ल्याएको छ भने कांग्रेसले पाँच हजार चार सय ४४ मत ल्याएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ७५ मत, नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले १ हजार ४ सय २४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ सय ३८ मत, नेकपा (एकीकृत समाजवादी)ले १ सय ३८ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं १९२०मा एमालेले ४ हजार ७ सय १५ मत, कांग्रेसले ३ हजार ६ सय ५२, राष्टिय स्वतन्त्र पार्टीले ३ हजार ३ सय ६०, एकीकृत समाजवादीले ३ सय २६ मत पाएको छ । यस क्षेत्रको प्रदेशसभा-२ मा समानुपातिकतर्फ १९ हजार ६ सय ४० मतगणना हुँदा ८ सय २८ मत बदर भएको छ ।
गणनामा एमालेले ७ हजार ८ सय २८, कांग्रेसले ६ हजार २, माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले १ हजार ७ सय ३४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ६ सय ६९ मत, हाम्रो नेपाली पार्टीले ५ सय ३१ मत, एकीकृत समाजवादीले ३ सय ४० मत पाएका छन् ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



