
गुल्मी, ७ मंसिर । गुल्मीको क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् । उनी नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई हराउँदै निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार निर्वाचित भएका विष्टले २८ हजार ४७६ मत प्राप्त गरेका छन् । यसैगरी उनका निकटतम प्रतिद्वन्द्वी रहेकी नेकपा एसकी झाँक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरेकी हुन् । यी दुई बीचको मतान्तर २ हजार ३४ रहेको आयोगले जनाएको छ ।
यो सहित नेकपा एमालेका तर्फबाट विजयी हुने ४ जना पुगेका छन् । यसअघि काठमाडौं-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर पोखरेललाई हराउँदै कृष्णगोपाल श्रेष्ठ, ललितपुर २ मा हाम्रो नेपाली पार्टीका सुदिन शाक्यलाई हराउँदै प्रेम बहादुर महर्जवन तथा उदयपुर २ मा एकीकृत समाजवादीका जगन्नाथ खतिवडालाई हराउँदै अम्वर बहादुर रायमाझी नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेका छन् ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



