कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीको क्लिन स्वीप

-



     सफल आवाज    
     मंसिर ७ गते २०७९ मा प्रकाशित



कैलाली, ७ मंसिर । कैलाली निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा र दुवै प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी हिजो मैगलबार नै निर्वाचित भएका हुन् ।

आज दुवै प्रदेशसभामा पनि नागरिक उन्मुक्ति पार्टीको उम्मेदवार विजयी भएका छन् । निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा १ बाट घनश्याम चौधरी र प्रदेशसभा २ बाट खुसीराम चौधरी विजयी भएका हुन् । धनश्याम चौधरीले १३ हजार ९ सय २३ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज डगौरा थारुले ११ हजार ५ सय ७२ मत प्राप्त गरे।

प्रदेशसभा २ का खुशीराम चौधरीले ७ हजार ५ सय ३९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अमर साउदले ६ हजार ६ सय १९ मतमै चित्त बुझाउनु पर्यो ।