झापा क्षेत्र नं ५ मा एमाले अध्यक्ष ओलीकाे शानदार विजय, २८ हजार ३८८ मतकाे अन्तर

-



     सफल आवाज    
     मंसिर ७ गते २०७९ मा प्रकाशित



झापा, ७ मङ्सिर । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शानदार विजय हाँसिल गरेका छन् । निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष ओलीले ५१ हजार छ सय १९ मत प्राप्त गरे ।

उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार दुई सय ३१ मत ल्याए। अध्यक्ष ओली योसँगै ६ पटक विजयी बनेका छन् । यसअघि उनी विसं २०४८, २०५१, २०५६, २०७० र २०७४ मा यही क्षेत्रबाट विजयी भएका थिए ।