
पोखरा, ९ मंसिर । सबैले चासो लिईरहेको कास्की क्षेत्र नं १ को नतिजामा कस्को पल्लाभारी होला भनेर अड्कलवाजि भईरहँदा कतिलाई चकित पार्यो र कतिलाई कमजोरि भएको महशुस गरायो । जहाँ मुख्यमन्त्रीका दावेदार तथा पूर्व मन्त्री भईसकेका हेबि वेटका उम्मेदवार खगराज अधिकारी पनि थिए ।
यस क्षेत्रमा गठबन्धनका उम्मेदवारहरु नेकपा एमालेका उम्मेदवारभन्दा अगाडी जान सकेनन् । कास्की क्षेत्र नं १ मा प्रतिनिधि सभातर्फ नेकपा एमालेका मन बहादुर गुरुङ विजयी भएका छन् । गुरुङले प्रतिद्वन्दि नेपाली कांग्रेसका उम्मेदवार किशोरदत्त वराललाई २ हजार ५१९ मतान्तरले पछाडी पार्दै विजयी भए ।
उनले २५ हजार ७०८ मत पाए भने वरालले २३ हजार १८९ मत प्राप्त गरे । गुरुङ नेकपा एमालेका कास्कीका अध्यक्ष तथा गण्डकी प्रदेशका निवर्तमान सांसद हुन् ।
कास्की क्षेत्र नं १ (१) मा एमालेका हेबि वेटका उम्मेदवार गण्डकी प्रदेशका मुख्यमन्त्रीका दाबेदार, पूर्वमन्त्रीसमेत भएका खगराज अधिकारी विजयी भएका छन् । अधिकारीले नेकपा माओवादी केन्द्रका दीपक कोईरालालाई ३ हजार ९९६ मतले पछि पार्दै विजयी भएका हुन् ।
अधिकारीले १५ हजार ६२३ मत प्राप्त गर्दा माओवादीका कोईरालाले ११ हजार ६२७ मत पाए । अधिकारीको जितसंगै गण्डकीमा एमालेले ११ स्थानमा जितेको छ । अघिल्लो पटक एमालेका प्रत्यक्ष जितेका सांसदहरु १७ जना थिए । प्रदेशमा ३ स्थानको नतिजा आउन बाँकी रहेको छ । कांग्रेसले १६ स्थानमा, माओवादीले ५ स्थानमा र मनाङबाट स्वतन्त्र उम्मेदवार दीपक गुरुङले जितिसकेका छन् ।






काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले… 



