मर्जरलाई अन्तिम स्वीकृति दिन कुमारी र एनसीसी बैंकले डाके विशेष साधारण सभा

-



     सफल आवाज    
     मंसिर ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ मंसिर । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श ९एनसीसी० बैंकले मर्जरलाई अन्तिम स्वीकृति दिन विशेष साधारण सभा डाकेका छन् । दुवै बैंकले आगामी मंसिर २५ गते साधारण सभा आह्वान गरेका हुन् ।

यीमध्ये कुमारी बैंकको विशेष साधारण सभा बैंकको नक्सालमा रहेको कार्यालयमा दिउँसो १ बजे सुरु हुने बताइएको छ । यस्तै एनसीसी बैंकको विशेष साधारण सभा अनमोल ब्याङ्क्वेट शंखमूलमा दिउसो १ बजे नै शुरु हुनेछ ।

यी दुवै बैंकका साधारण सभामा कुमारी बैंक र एनसीसी बैंक एक आपसमा गाभ्ने गाभिने मर्जर सम्बन्धमा गरिएको अन्तिम सम्झौतापत्र स्वीकृत गर्ने, मूल्याङ्कनकर्ताबाट प्राप्त डिडिएको आधारमा निर्धारण गरिएको शेयर स्वाप रेशियो १:१ स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने बताएका छन् । साधारण सभा तोकिइसकेकाले यसका लागि दुवै बैंकले आगामी मंसिर १५ गते एक दिनलाई बुकक्लोज मिति तोकेका छन् ।