
काठमाडौं, ९ मंसिर । नेपाल उधाेग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगहरू बचाउन सरकारले पहल नगरे अवस्था झनै भयावह हुने बताएका छन । गोल्छा सहित निजी क्षेत्रका प्रतिनिधिहरूले नेपालको औद्योगिक क्षेत्र अप्ठ्यारो अवस्थामा रहेको बताएका छन् । आठौं उद्योग दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरुले यस्तो धारणा राखेका हुन् ।
महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले निश्चित उद्योगहरुलाई ब्याजदरमा अनुदान दिनुपर्ने बताएका छन् । उनले नेपालमा मूल्य अभिबृद्धि हुने, धेरै रोजगारी सृजना गर्ने र धेरै निर्यात गर्ने उद्योगलाई सरकारले ब्याजमा अनुदान दिनुपर्नेमा जोड दिएका छन् । वर्तमान आर्थिक संकटले सरकार र निजी क्षेत्र धरासायी भएको र उद्योग त्यसको चपेटामा परेको उनको भनाइ थियाे ।
‘वाणिज्य बैंकहरु नाफा कमाउने उदेश्यकै हुने हुन ब्याजदरको अस्थिर अवस्थामा बैंकलाई भन्दा पनि उद्योग बचाउन सरकारले उद्योगको ब्याजमा अनुदान दिनुपर्छ’, गोल्छाले भने ‘उद्योग बचाउन सरकारले काम नगरे अवस्था भयावह हुनेछ।’
उनले अर्थतन्त्रमा देखिएको समस्या समाधानमा गलत उपचार गरिंदा राजश्व घटेर सरकार साधारण खर्च सञ्चालन गर्न पनि नसकिने अवस्थामा पुगेको र निजी क्षेत्रको मनोबल पनि निकै खस्किएको बताए । अर्थतन्त्रको समस्या कम गर्दै लैजान उद्योग चल्ने वातावरण बनाउनु पर्ने उनको धारणा छ । यसबाहेक उनले उद्योगहरुको समस्या ६० वर्ष पहिलेकै अवस्थामा रहेको भन्दै दु:ख व्यक्त पनि गरे ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले ४ वर्षभित्र वार्षिक १ हजार उद्योग स्थापना गर्ने बताए । यस बाहेक उनले निर्यात अनुदानको क्षेत्र थप फराकिलो गर्नुपर्ने माग समेत राखेका थिए ।






काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१… 



