यस्ताे छ आगामी तिन दिनकाे माैसम पूर्वानुमान

-



     सफल आवाज    
     मंसिर १० गते २०७९ मा प्रकाशित



काठमाडौं, १० मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएकाे जनाएकाे छ। देशका सुदुरपश्चिम र लुम्बिनी प्रदेशका तराई भुभागका केहि स्थानमा हुस्सु लागेको र बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ। 

मंसिर १० गते  (शनिबार)

दिउँसो: देशका हिमाली भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती:  प्रदेश १  र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा र सुदूरपश्चिम प्रदेशका थोरै भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

मंसिर ११ गते  (आईतबार)

दिउँसो:  प्रदेश नं १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भु-भागका केही स्थानमा आंशिक बदली रहि बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती:  प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भु-भागका केही स्थानमा आंशिक बदली रहि बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।

मंसिर १२ गते  (सोमबार)

दिउँसो:  प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भु-भागका केही स्थानमा आंशिक बदली रहि बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती:  प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भु-भागका केही स्थानमा आंशिक बदली रहि बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  

तराई भु-भागमा हुस्सु/कुहिरो लाग्ने र तापक्रम क्रमिक रुपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।