
काठमाडौ, १० मंसिर । बैंकिङ्घ, फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्युट अफ नेपाल र इण्डिया–नेपाल सेन्टर, पिएचडि चेम्बर अफ कमर्श भारतको सहकार्यमा नेपाल इण्डिया विएफएसआई पार्टनरसीप समिट –२०२२ सम्पन्न भएको छ ।
नेपाल र भारतका बैंक तथा वित्तिय संस्थाहरुबीच के कस्ता कार्यहरुमा सहभागिता गर्न सकिन्छ, दुईदेशबीच लगानी, रेमिटेन्स्, व्यापार, बैंकिङ्ग विषयहरुमा के कस्ता समस्याहरु छन् र ती समस्याहरु निवारण गर्नका लागि के कस्ता नीतिगत सुधारको आवश्यकता पर्दछ भन्ने विषयहरु छलफल गर्ने उद्देश्यले याे समिट अायाेजना गरिएकाे हाे । कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका थिए ।
गभर्नर अधिकारीले नेपालको अर्थतन्त्रलाई मजवुत बनाउन निर्यात प्रवर्धनमा जोड दिनुपर्ने बताए । नेपाल र भारतमा समेत छोटो समय देखिएको तरलता अभाव चाँडै समाधान हुने बताएका थिए । दुबै देशबीच रेमिटेन्सलाई फर्मल च्यानलबाट आदानप्रदान गर्न जोडदिन आग्रहसमेत गरेका थिए । विगत ३ महिनामा निर्यात वृद्धि भएकोले भुक्तानी सन्तुलन सकारात्मक रहेको समेत बताए ।

कार्यक्रममा दुई देशबीच बैंक, वित्तिय संस्था र इन्स्योरेन्स क्षेत्रका रेगुलेटरी र कमर्शियल नीतिहरु थप प्रभावकारी बनाउनको लागि नेपाल दुईदेशका विज्ञहरुले आफ्नाे धारणा राखेका थिए । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र कार्यकारी निर्देशकहरु डा. गुणाकर भट्ट, डा. प्रकाश कुमार श्रेष्ठ, रामु पौडेल, गुरुप्रसाद पौडेलले नेपाल र भारत बीच देखिएका व्यवहारिक र नीतिगत व्यवस्थाहरुका सम्बन्धमा धारणा राखेका थिए ।
भारतका विएफएसआइ विज्ञ अनुकुल भट्नाकरले सहकार्यका क्षेत्र र टेक्नोलोजीको विकास र यसले वित्तिय क्षेत्रमा पार्ने प्रभावका बारेमा धारणा राखेका थिए । त्यस्तै सुदिन राय चौधरीले भारत र नेपालको बीमा क्षेत्रको वर्तमान अवस्थालाई उधृत गर्दै थप सहकार्यका मार्गहरु बारेमा प्रकाश पारे ।
कार्यक्रममा नेपाल र भारतवीच बैंक तथा वित्तिय संस्था, इन्स्योरेन्स क्षेत्रमा सम्भावित सहकार्यका सम्बन्धमा छलफल भएको थियो । छलफलमा यस क्षेत्र बाहेक हाइड्रो प्रोजेक्ट र कृषिमा समेत लगानीका सम्बन्धमा छलफल भएको थियो । पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले अध्यक्षता गर्नुभएको यस सत्रमा डेभलपमेण्ट बैंकर्स एसोसिएसनका अध्यक्ष प्रधुमन पोखरेल, नेपाल वित्तिय संस्था संघका अध्यक्ष सरोजकारी तुलाधर, नेपाल लघुवित्त वैकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा, नेपाल एसविआइ बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत एमडि रिजवान आलमले नेपालको तर्फबाट आफ्ना भनाई राखेका थिए ।

कार्यक्रमको अर्को सत्रमा नेपालमा लगानीका अवसर, विद्यमान नीतिगत व्यवस्थाहरु, समस्याहरु र बैंक तथा वित्तिय संस्था र नियामक निकायको सम्बन्धमा कार्यक्रममा छलफल भएकाे बताइएकाे छ । इण्डिया–नेपाल सेन्टर, पिएचडि चेम्बर अफ कमर्शका नोडल कोअर्डिनेटर अतुल ठाकुरले अध्यक्षता गरेको यस सत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. तोय नारायण ज्ञवालीले इण्डष्ट्रियल रिलेशन विटुइन नेपाल एण्ड इण्डिया विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, ट्रेड एण्ड एक्पोर्ट प्रोमोशन सेन्टरका डेपुटी कार्यकारी निर्देशक सुयस खनाल, सूर्य नेपाल लिमिटेडका प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रवी रायवरम, डावर नेपाल लिमिटेडका विजनेश हेड एचएस वेदी ले लगानी विस्तार र नीतिगत सुधारका सम्बन्धमा धारणा राखेकाे बैंकिङ्घ, फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्युट अफ नेपाल प्रवन्ध निर्देशक डा. विनोद आत्रेयले बताए ।






काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले… 



