आरएसडिसी लघुवित्तले गर्यो लाभांश घोषणा

-



     सफल आवाज    
     मंसिर ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ मंसिर । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ प्रतिशत लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई उक्त दरमा वितरण गर्न लागिएको लाभांश घोषणा गरेको हो ।

यो लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । यसमध्ये ८ प्रतिशत बोनस सेयर तथा बाँकी ३ प्रतिशत भने त्यसैको कर प्रयोजनका लागि नगद लाभांशको रुपमा रहेको छ ।

हिजो मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको लघुवित्तले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश वितरण गरिने बताइएको छ ।