
काठमाडौं, १२ मंसिर । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ४ महिनामा ९६ अर्ब रुपैयाँ हाराहारीको पेट्रोलियम पदार्थ आायात भएको छ । हालै भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको शुरुवाती ४ महिना अर्थात् साउनदेखि कात्तिक मसान्तसम्म आधारित वित्तीय तथ्याङ्कले यस्तो आँकडा देखाएको हो ।
यो अवधिमा नेपालमा ९५ अर्ब ५२ करोड १० लाख ५० हजार बराबरको २ लाख २९ हजार १३६ किलोलिटर पेट्रोल, ३ लाख ४० हजार ८३० किलोलिटर डिजेल, ५९ हजार ७४५ किलोलिटर हवाई ईन्धन, ३ हजार किलोलिटर मट्टितेल र १६ करोड ७१ लाख ८१ हजार १३६ किलोग्राम खाना पकाउने एलपी ग्याँस खरिद गरिएको देखिएकाे छ ।
यस्ता पेट्रोलियम पदार्थमध्ये अधिकांश भारतबाट र थोरै मात्रामा अमेरिकाबाट आएको तथ्याङ्कले देखाएको छ । अमेरिकाबाट आएकोमा ज्यादै नगण्य मात्रा अर्थात् १ किलोलिटर हवाई इन्धन रहेको छ । जसको मूल्य २३ हजार रुपैयाँ उल्लेख गरिएको छ ।
विभागले सार्वजनिक गरेको विवरण अनुसार साउन, भदौ, असोज र कात्तिक महिनामा गरी भारतबाट आयात भएको पेट्रोलको मूल्य २३ अर्ब ६९ करोड ७० लाख ५१ हजार रहेको छ । यस्तै डिजेलको मूल्य ४४ अर्ब २८ करोड ५३ लाख १९ हजार, हवाई ईन्धनको मूल्य ७ अर्ब ४५ करोड ६४ लाख १० हजार तथा मट्टितेलको मूल्य ४३ करोड ७५ लाख ६४ हजार रुपैयाँ बराबर रहेको तथ्याङ्कमा उल्लेख छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



