३७९० नयाँ थपिए,संक्रमित संख्या १ लाख ३६ हजार ३६

-



     सफल आवाज    
     कार्तिक ३ गते २०७७ मा प्रकाशित



कठमाडौं, ३ कात्तिक । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । बितेको २४ घन्टामा नयाँ ३ हजार ७९० जनfमा संक्रमण पोजेटिभ देखिएसंगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले नेपालमा कोरोनाका सक्रिय केसहरु भने ४० हजार ७७८ रहेको बताए ।

डा.गौतमका अनुसार बितेको २४ घन्टामा २ हजार ३३५ जनाले कोरोनालाई जितेर अस्पतालबाट घर फर्किएका छन् । योसंगै निको हुनेहरुको संख्या ९४ हजार ५०१ रहेको छ ।

बितेको २४ घन्टामा १८ जनाले ज्यान गुमाएका छन् । योसंगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७५७ पुगेको छ ।