
काठमाडौं, १३ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको गत मंसिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कुल ९६ लाख २ हजार ५ सय ७६ मतगणना भएको छ ।
आज बिहान साढे १० बजेसम्मको गणना अनुसार नेकपा(एमाले)ले २५ लाख ९३ हजार ४ सय ६६ मत प्राप्त गरेको छ । यस्तै नेपाली कांग्रेसले २४ लाख ५७ हजार ३ सय ३ मत प्राप्त गरेको छ । नेकपा(माओवादी केन्द्र)ले ११ लाख ४ हजार ८ सय ३३ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७४ हजार १ सय ९६ मत प्राप्त गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ५२ हजार ८ सय ७४, जनता समाजवादी पार्टीले तीन लाख ५८ हजार ९ सय २२ मत प्राप्त गरेको छ । आयोगका अनुसार जनमत पार्टीले ३ लाख १ हजार ६ सय २० मत, नेकपा (एकीकृत समाजवादी)ले २ लाख ६५ हजार ५ सय ४७ मत प्राप्त गरेको छ ।
नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार ३ सय ५, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ३८ हजार ४ सय ८, नेपाल मजदूर किसान पार्टीले ७३ हजार १ सय ६९, हाम्रो नेपाली पार्टीले ५३ हजार ३ सय ५२ , मङ्गोल नेशनल अर्गनाइजेशनले ४६ हजार ५ सय १ र राष्ट्रिय जनमोर्चाले ४५ हजार ३ सय ५ मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि प्रत्यक्षतर्फ कम्तीमा १ सिट जित्नुपर्छ भने समानुपातिकमा ३ प्रतिशत मत प्राप्त गर्नुपर्छ । कुल खसेको सदर मतको ३ प्रतिशत थ्रेस होल्ड कटाएपछि राष्ट्रिय दलको मान्यता तथा सेवा सुविधा प्राप्त हुन्छ ।






काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले… 



