द भ्वाइसको अन्तिम ८ मा पुगिन् परिजिता बाँस्तोला

-



     सफल आवाज    
     मंसिर १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ मंसिर । नेपाली मूलकी परिजिता बाँस्तोला द भ्वाइसको अन्तिम ८ मा पुगेकी छिन् । अमेरिकी संस्करणको टीभी रियालिटी शो को नेपाली समयानुसार बुधबार बिहान भएको एपिसोडबाट दुई जना बाहिरिएका र परिजिता भने अन्तिम आठमा प्रवेश गरेकी हुन् । यो एपिसोडमा उनले एलेसिया काराको गीत ‘स्कार्स टु योर ब्यूटीफुल’ गाएकी थिइन् ।

आफ्नो गीत परिजिताले गाएपछि क्यानडाकी मौलिक गायिका काराले इन्स्टाग्राम सन्देशमार्फत उनलाई बधाई तथा शुभकामना दिएकी बताइएको छ । प्रबल गुरुङ, निक जोनस, प्रियंका चोपडा लगायतका विश्व सेलिब्रिटीले यतिबेला परिजितालाई जिताउन आग्रह गरिरहेका छन् । नेपाली समुदायले पनि उनलाई भोट गरिरहेका छन् ।