थप ४१८ जनामा कोरोना पुष्टि

-



     सफल आवाज    
     श्रावण १९ गते २०७७ मा प्रकाशित


नेपालमा सोमबार थप ४ सय १८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कूल सङ्क्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरका प्रयोगशालामा ७ हजार ६ सय ३७ पिसिआर नमूना परीक्षण गर्दा गएको २४ घण्टामा ४ सय १८ जनाम ासङ्क्रमण पुष्टि भएको बताएका हुन्।

काठमाडौँ उपत्यकामा थप ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ५८ जना व्यक्ति सङ्क्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या १४ हजार ९ सय ६१ पुगेको छ ।