कोरोना संक्रमित २१ हजार नाघे, २५९ थपिए नयाँ संक्रमित

-



     सफल आवाज    
     श्रावण २० गते २०७७ मा प्रकाशित



नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।


मंगलबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप २ सय ५९ जनामा कोरोना पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोनाका संक्रमितको संख्या २१ हजार ९ पुगेको हो । तीमध्ये ५ हजार ९ सय २५ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ८७ जनाको पीसीआर परीक्षण गरिएको थियो। हालसम्म १५ हजार २६ जना निको भएका छन्।