कोरोना संक्रमण बढेको भन्दै १४ जिल्लामा निषेधाज्ञा

-



     सफल आवाज    
     श्रावण २१ गते २०७७ मा प्रकाशित



सरकारले कोरोना संक्रमण बढेको भन्दै विभिन्न १४ जिल्लामा निषेधाज्ञा जारी गरेको छ । केही जिल्लामा पहिलेदेखि नै निषेधाज्ञा जारी छ।

सरकारले देशव्यापी लकडाउन हटाए पनि कोरोना संक्रमण बढेको भन्दै पुनः निषेधाज्ञा जारी गरेको जनाएको हो । गृह मन्त्रालयले बुधबार सूचना जारी गरी निषेधाज्ञा लागू गरिएका जिल्ला, क्षेत्र र लागू रहने अवधिबारे जानकारी गराएको छ । तीमध्ये केहीमा आंशिक र पूर्ण रुपमा निषेधाज्ञा गरिएको छ।

जसअनुसार सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङजामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलाका ठाउँ हेरी आवतजावत बन्द गराइएको छ ।