भोलिदेखि पुनः जोरविजोर प्रणाली लागू हुने

-



     सफल आवाज    
     श्रावण २१ गते २०७७ मा प्रकाशित



काठमाडौं । भोलि बिहीबारदेखि पुनः सवारीसाधनहरुमा जोरविजोर प्रणाली लागू हुने भएको छ । सरकारले भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा र उपत्यकाबाहिर २०० जना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधनमा जोर विजोर प्रणाली लागू हुनेछ ।