नुवाकोटको विदुरमा निषेधाज्ञा

-



     सफल आवाज    
     श्रावण २२ गते २०७७ मा प्रकाशित



त्रिशूली, २२ साउन ।   कोरोना रोगको सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि नुवाकोटको विदुर नगरपालिकामा आजदेखि निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटको आदेशअनुसार बुधबार साँझ ६ बजेदेखि नै अनिश्चित समयका लागि निषेधाज्ञा लगाइएको हो ।

आदेशमा निषेधाज्ञा तथा बन्दाबन्दी भन्ने शब्द उल्लेख नगरे पनि यसअघि कायम गरिएको सरहको बन्दाबन्दी हुने गरेर कोरोना रोग नियन्त्रणका लागि आदेश जारी गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए ।    
    
उनका अनुसार लागू हुने गरेर विदुर नगरपालिकाभित्रको सबै स्थानमा पास भएका तथा अतिआवश्यकबाहेकका यात्रुबाहकसहित सार्वजनिक यातायातका साधन सबै बन्द गरिने, क्वारेन्टिन तोकिएका बाहेकका सबै होटल तथा रेस्टुरेन्ट बन्द हुने, भेला सम्मेलन, धार्मिक तथा सांस्कृतिक, सामाजिक कार्य अर्को निर्णय नभएसम्म रोक लगाउने निर्णय गरिएको छ ।