सवारीसाधनमा आजदेखि जोरबिजोर लागू

-



     सफल आवाज    
     श्रावण २२ गते २०७७ मा प्रकाशित


सार्वजनिक यातायातको सांकेतिक तस्वीर ।


सरकारले आज (बिहीबार) देखि लागू हुने गरी निजी र सार्वजनिक सवारीसाधन जोबिजोर प्रणालीमा चलाउने निर्णय गरेको छ।

सरकारले लकडाउन अन्त्य गरेपनि कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि गृह मन्त्रालयले यो कदम चालेको हो । यससँगै आजदेखि जोर गतेका दिन जोर र बिजोर गतेका दिन बिजोर नम्बरका गाडी चल्न थालेका छन्।

कोरोना संक्रमितको संख्या २ सय पुगेका जिल्लामा मात्र यो नियम लागू हुनेछ । तर अत्यावश्यक सेवाका सवारीसाधनमा भने जोरबिजोर लागू हुने छैन। जोरबिजोर लागू हुनेमध्ये सहरी क्षेत्रमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन समेत बन्द रहने सूचनामा उल्लेख छ।

अन्तर्राष्ट्रिय सीमा नाकामा थप कडाइ गर्न भनिएको छ । होटल, रेष्टुराँमा भोज, पार्टी, सेमिनार नगर्न निर्देशन दिइएको छ।

मास्क नलगाइ बाहिर ननिस्कन आग्रह गरेको गृहले अटेरी गरे दण्ड जरिवाना गर्न निर्देशन दिएको छ । सरकारले काठमाडौं प्रवेश नाकामा यसअघि नै कडाइ गरिसकेको छ ।