सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट एपीएफ अस्पतालकाेआईसीयू भवन उद्घाटन

-



     सफल आवाज    
     श्रावण २२ गते २०७७ मा प्रकाशित



काठमाडौं, २१ साउन – सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपाल एपीएफ अस्पताल परिसरमा निर्माण भएको आई.सी.यू. भवन र मोलिकुलर ल्याबको अाज उद्घाटन गरेका छन्।

कोभिड–१९ को उपचारको लागि निर्माण भएको २० शैय्याको उक्त आई.सी.यू. भवन र मोलिकुलर ल्याबको सशस्त्र प्रहरी महानिरीक्षक खनालले उद्घाटन गरेका हुन् । साे अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले नागरिकलाई महामारीको बेला प्रहरीले गर्नुपर्ने सेवा र सुरक्षा सगै अब स्वास्थ्य सेवा प्रवाहलाई पनि प्राथमिकतामा राखी बिरामीको सेवामा लाग्न अस्पतालका चिकित्सकलाई निर्देशन दिए ।

नेपाल सरकारबाट सो अस्पताललाई कोभिड–१९ रोकथाम तथा उपचारमा डेडिकेटेड अस्पतालको जिम्मेवारी सुम्पिएकोमा धन्यवाद ब्यक्त गदै जिम्मेवारी निर्वाहका लागि थप भएका सेवा सुविधाको अधिकतम उपयोग गरि स्वास्थ्य सेवा प्रदान गर्न नेपाल एपीएफ अस्पताल सधैं प्रतिवद्ध रहेकाे सशस्त्र प्रहरी महानिरीक्षक खनालले बताए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख बिशेषज्ञ तथा कोभिड–१९ यूनिफाईड अस्पताल निर्देशन समितिका अध्यक्ष डा. रोशन पोख्रेलले कोभिड–१९ महामारीको याे समयमा रोगको पहिचान र सीघ्र उपचारमा सहयोग पुगोस भनि नेपाल एपीएफ अस्पतालमा ल्याबको स्थापना गरिएको बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी ,नारायणबाबु थापा र रामशरण पौडेल, एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जनलगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।