नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

-



     सफल आवाज    
     श्रावण २२ गते २०७७ मा प्रकाशित



काठमाडौं, २२ साउन । बिहीबार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३६० जना नयाँ संक्रमित थपिएका हुन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ । बिहीबार थप २३३ जना डिस्चार्ज भएका छन् ।