रुपन्देहीमा कार दुर्घटनामा ३ जनाको मृत्यु

-



     सफल आवाज    
     श्रावण २४ गते २०७७ मा प्रकाशित



रुपन्देहीमा कार दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

रोहिणी गाउँपालिका वडा ४, छिपागडस्थित हुलाकी सडकखण्डमा लु २ च ६७५६ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा कारमा सवार ३ जनाको मृत्यु भएको हो । दुर्घटनामा १ गम्भीर घाइते छन् ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय, बुटवलका अनुसार परासीबाट भैरहवातर्फ जाँदै गरेको कार सडकबाट १० मिटर तलसम्म पल्टिँदा सवार ४ जना घाइतेमध्ये ३ जनाको भैरहवास्थित भीम अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो ।

मृतकमध्ये रुपन्देही ओमसतिया ४का २६ वर्षीय देवेन्द्र चौधरीको पहिचान खुलेको छ । अन्य २ को सनाखत भएको छैन । घाइते सिद्धार्थ नगरपालिका ४ का ३० वर्षीय अनिल यादव रहेको प्रहरीले जनायो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ ।