
वरिष्ठ लोकगायक प्रेमराज महतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साथमा उनकी जीवनसंगीनी कविता केसी समेत संक्रमित भएकी छन् ।
लोकगायक महतले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र पत्नी दुवै संक्रमित भएको सार्वजनिक गरेका हुन् । उनले दुर्भाग्यवश कोरोनाबाट जोगिन नसकेको उल्लेख गर्दै सबैजना जोखिमबाट मुक्त हुन सन्देश दिएका छन् ।
नेपालमा तनहुँ निवासी महत हाल अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत छन् ।
आफ्ना छोरा डा. सरगम महतको निगरानीमा उनीहरु हाल आफ्नै घरको कोठामा आइसोलेसन बसेका छन् ।