आगामी ३ दिन देशभर वर्षा हुने

-



     सफल आवाज    
     श्रावण २४ गते २०७७ मा प्रकाशित



नेपालमा फेरि आगामी तीन दिन मनसुन सक्रिय हुने भएको छ ।

शनिबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले दुई/तीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको मौसमविद् शान्ति कँडेलले बताइन् ।

मनसुनी रेखा नेपालमा धेरै दिनसम्म रही रहेकाले यस वर्ष वर्षा बढी भएको बताइएको छ । साथै भारी वर्षाको सम्भावना समेत रहेकाले मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।


हाल प्रदेश २ र प्रदेश ५ का केही भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।


त्यस्तै वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।


आज सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६ दशमलव ८ डिग्री सेस्लियस रहेको छ ।