
सरकारले विदेशमा अलपत्र परेका ४५ हजारभन्दा बढी नेपाली नागरिकको उद्धार गरेको छ ।
कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज परस्थितिमा विश्वका ५८ देशबाट हालसम्म ४५ हजार ६ सय ६२ जनाको उद्धार गरिएको हो।
उद्धार गरिएकामध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट १२ हजार २५ र सबैभन्दा कम इरान, आर्मिनिया र चेक गणतन्त्रबाट दुई–दुईजना छन्।
साउदी अरेबियाबाट ६ हजार ५ सय ८२, मलेसियाबाट ६ हजार ४ सय ६४, कुवेतबाट ६ हजार ३ सय २० र कतारबाट ४ हजार ७ सय १८ जनाको उद्धार भएको छ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार हालसम्म प्रदेश १ का ९ हजार ४ सय १८, प्रदेश २ का सात हजार ३ सय ५६, वाग्मती प्रदेशका १२ हजार ५७०, गण्डकी प्रदेशका ५ हजार ७ सय ८२, प्रदेश ५ का ७ हजार ४ सय ७९, कर्णाली प्रदेशका १ हजार २६ र सुदूरपश्चिम प्रदेशका १ हजार १ सय ६८ जनालाई उद्धार गरिएको छ।
शुक्रबारमात्र ८ सय ६३ जनाको उद्धार गरिएको र संयुक्त अरब इमिरेट्सको दुबईबाट १ सय ५१ जनाको शव ल्याइएको उक्त केन्द्रले जनाएको छ। रासस