शिक्षा पत्रकार समूहले तोक्यो प्रदेश संयोजक

-



     सफल आवाज    
     श्रावण २४ गते २०७७ मा प्रकाशित



शिक्षा पत्रकार समूहले प्रादेशिक संरचनाअन्तर्गत देशका सातै प्रदेशमा संयोजक तोकेको छ ।
समूहको कार्यसमिति बैठकले संस्थाको प्रदेश कमिटी गठनका लागि संयोजक तोक्ने निर्णय गरेको थियो ।

जसअनुसार प्रदेश १ मा राधा खनाल (झापा), प्रदेश २ मा दीपेन्द्र सिंह (जनकपुर), बागमतीमा ध्रुव अधिकारी (हेटौडा), गण्डकीमा केशवशरण लामिछाने (पोखरा), प्रदेश ५ मा मनोज पौडेल (कपिलबस्तु), कर्णालीमा कलेन्द्र सेजुवाल (सुर्खेत) र सुदूरपश्चिम प्रदेशमा शिवराज भट्ट (धनगढी) संयोजक चयन छन् ।

गत वर्ष फागुनमा सम्पन्न समूहको २० औं साधारणसभाले प्रादेशिक संरचनामा लैजाने निर्णय गरेको थियो ।

त्यसका लागि पूर्व अध्यक्ष सुदर्शन घिमिरेको संयोजकत्वमा विधान संशोधन कार्यदल गठित थियो।

यसैगरी, समूहको गत साउन २१ को बैठकले नयाँ सदस्यता समेत खुलाउने निर्णय गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारीले उत्पन्न प्रतिकूलताबीच शिक्षा पत्रकार समूहले हरेक सोमबारलाई शिक्षाबारका रुपमा गर्दै आएको समसामयिक शैक्षिक मुद्दा केन्द्रित भर्चुअल संवादलाई निरन्तरता दिने निर्णय गरेको छ ।

समूहले शिक्षा क्षेत्रका समसामयिक मुद्दा र असल अभ्यासबारे राष्ट्रिय, प्रादेशिक स्तरमा अन्तरक्रिया तथा लेखनवृत्ति कार्यक्रम गर्दैआएको छ ।