२ दिनअघि मृत्यु भएकी वीरगञ्जकी २० वर्षीया युवतीको कोरोना पुष्टि

-



     सफल आवाज    
     श्रावण २५ गते २०७७ मा प्रकाशित



गत शुक्रबार वीरगन्जमा मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उनको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । ती युवतीको शुक्रबार राति १ बजे उपचारक्रममा मृत्यु भएको थियो ।

कोरोना अस्पताल गण्डकका डा. जेपी जैसवालका अनुसार ती युवतीमा श्वासप्रश्वासको समस्या देखिएपछि शुक्रबार मध्यरातमा गण्डक अस्पताल ल्याइएको थियो ।

परिवारका सदस्यले उनलाई सुरुवातमा अन्य अस्पताल लगेकोमा उपचार गर्न नमानेपछि गण्डक लगिएको थियो ।

वीरगञ्जमा योसहित हालसम्म कोभिड–१९ कारण ज्यान गुमाउनेको संख्या १७ पुगेको छ।