लागुऔषधसहित कावासोतीमा एक युवक पक्राउ

-



     सफल आवाज    
     श्रावण २५ गते २०७७ मा प्रकाशित



प्रहरीले ठूला परिणाममा अवैध लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका वडा १२ बस्ने वर्ष ३१ का सुरेन्द्र थापा हुन् ।

निज थापा शनिबार साँझ ७ बजे नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती १६ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश ३–०३–००१ प ५९५९ नम्बरको स्कुटीमा सवार रहँदा प्रहरी चेकजाँचक्रममा फन्दामा परेका हुन् ।

निजको साथबाट प्रहरीले फेनरागन १५६ थान, नुफ्रिन १५६ थान र डाइजोपाम १ सय ५६ थान गरी कुल ४ सय ६८ एम्पुल लागुऔषध बरामद गरेको जनाएको छ ।

घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।