काठमाडौं प्रवेशमा थप कडाइ, २ सय संक्रमित भएको जिल्लाका लागि ‘ब्लक’ हुने

-



     सफल आवाज    
     श्रावण २६ गते २०७७ मा प्रकाशित



काठमाडौं । काठमाडौं प्रवेशमा सरकारले थप कडाई गर्ने भएको छ । यस अघि आवश्यक काम परेको भन्दै सबै जिल्लाबाट पास बोकेर सवारीसाधनहरु आउने गरेका थिए ।
अब भने २ सय संक्रमित भएको जिल्लाबाट आउनका लागि भने ‘ब्लक’ गरिने भएको छ । अर्थात अब २ सय संक्रिय संक्रमित भएको जिल्लाबाट काठमाडौंका लागि सवारीसाधनका लागि पास वितरण नै बन्द गर्ने सरकारको तयारी छ ।

कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाबाट काठमाडौं उपत्यका आवतजावत गर्न पूर्ण रुपमा रोक लगाउन सरकारलाई सिफारिस गरेको छ ।

सीसीएमसीको आइतबार बसेको बैठकले उपत्यका प्रवेशमा कडाइ गर्न सिफारिस गरेको थियो । पछिल्लो दिनमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेको छ । अधिकांश संक्रमित विभिन्न जिल्लाबाट आएका ब्यक्ति छन् ।

आज सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गर्ने तयारी भइरहेको नेपाल सरकारका एक मन्त्रीले सफल आवाजलाई जानकारी दिए ।