कोरोना संक्रमणका कारण धनुषामा थप १ जनाको मृत्यु

-



     सफल आवाज    
     श्रावण २६ गते २०७७ मा प्रकाशित



जनकपुर,२६ साउन । धनुषामा कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । रुघाखोकी र टाउको दुख्ने जस्ता लक्षण देखिएर आइतबार मृत्यु भएका एक पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको हो ।

ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । मृतक धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ निबासी हुन् ।