
पोखरा, २६ साउन । हिसान कास्की सहसचिव नारायण शर्मा चापागाईंको निधन भएको छ । पोखरा–१ सिम्पानीस्थित स्पाइरल ग्यालेक्सी स्कुलका संस्थापक प्रिन्सिपल समेत रहेका चापागाईको ४२ वर्ष उमेरमा काठमाडौं ग्राण्डी अस्पतालमा उपचारक्रममा सोमबार निधन भएको हो ।
उनलाई जन्डिस र निमोनिया समस्यापछि पोखराको ओम अस्पतालमा उपचारपछि थप उपचारार्थ शुक्रबार काठमाडौं लगिएको थियो । पर्वतको ज्ञाँदीमा जन्मेका चापागाईको परिवारमा बाबुआमा, श्रीमती, १ छोरा र १ छोरी छन् ।