पश्चिम क्षेत्रमा भारी वर्षा हुने

-



     सफल आवाज    
     श्रावण ३१ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३१ साउन। नेपालको पश्चिम क्षेत्रका भूभागमा शनिबार भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भागमा दिनभरजसो मौसम प्रभावित हुनेछ ।

मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिम भूभाग नजिक भएकोले यी भेगमा शनिबार निरन्तर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

बाढी, ढुवान र पहिरोको जोखिम बढ्न सक्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले भने । मध्य वर्षाद्को समय भएकाले देशैभर हल्का र मध्यम वर्षा हुनु स्वाभाविक हो, तर शनिबार गण्डकी प्रदेशदेखि सुदूरपश्चिम प्रदेश सम्मका धेरै ठाउँमा बढी वर्षा हुने देखिन्छ श्रेष्ठले भने ।