
केप क्यानभेरल (फ्लोरिडा), ८ मङ्सिर। वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्ति भएको बिग ब्याङपछि करिब ६३ करोड वर्षमै बनेको अहिलेसम्मकै सबैभन्दा टाढाको क्वासर पत्ता लगाएका छन् । यसको केन्द्रमा रहेको विशाल ब्ल्याक होलले प्रारम्भिक ब्रह्माण्डमा आकाशगङ्गाको विकासबारे नयाँ जानकारी दिएको छ ।
जर्मनीको नेतृत्वमा रहेको अनुसन्धान टोलीले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार उक्त क्वासर ब्रह्माण्डको १३ अर्ब ८० करोड वर्ष लामो इतिहासको सुरुआती चरणमै बनेको थियो । यस खोजले यसअघि कायम रहेका दूरी तथा समयसम्बन्धी अभिलेख तोडेको छ ।
युरोपेली दक्षिणी वेधशालाका अनुसन्धानकर्ता तथा अध्ययनका प्रमुख जुलियन वुल्फका अनुसार यसअघिका दुई अभिलेखले क्वासरको निर्माण समय करिब डेढ करोड वर्षले मात्र पछाडि सारेका थिए । तर नयाँ खोजले त्यो समय करिब चार करोड वर्ष पछाडि पुर्याएको छ । उहाँले यसलाई झन्डै एक दशकयताकै ठूलो प्रगति बताउनुभएको छ ।
युरोपेली अन्तरिक्ष एजेन्सीको युक्लिड टेलिस्कोपले सङ्कलन गरेका लाखौँ अवलोकनको विश्लेषण गर्ने क्रममा अनुसन्धान टोलीले उक्त क्वासर फेला पारेको हो । सन् २०२३ मा प्रक्षेपण गरिएको युक्लिड टेलिस्कोपले ब्रह्माण्डको विस्तारमा भूमिका खेल्ने डार्क म्याटर र डार्क इनर्जीबारे जानकारी प्राप्त गर्न आकाशगङ्गाहरूको सर्वेक्षण गरिरहेको छ । अनुसन्धानकर्ता वुल्फका अनुसार ब्रह्माण्डको सुरुआती अवस्थामा क्वासर भेटिनु आफैँमा दुर्लभ घटना हो ।
त्यसमा पनि यसको ब्ल्याक होलको असाधारण ठूलो आकार र त्यसले वरिपरिको पदार्थ तुलनात्मक रूपमा सुस्त गतिमा ग्रहण गरिरहेको अवस्था थप चासोको विषय बनेको छ । वैज्ञानिकहरूले यसलाई करिब १३ अर्ब १० करोड वर्षअघिको अवस्थामा देखेका हुन् । त्यतिबेला ब्रह्माण्डको उमेर अहिलेको तुलनामा पाँच प्रतिशतभन्दा कम थियो ।








काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको…
ललितपुर, ८ मङ्सिर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण… 




