बुटवलमा कोरोना संक्रमितको मृत्यु

-



     सफल आवाज    
     श्रावण ३१ गते २०७७ मा प्रकाशित



नेपालको थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत् कपिलवस्तु मायादेवी गाउँपालिका वडा ७ का ७२ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो ।

ज्वरो, रुखाखोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि आएका ती पुरुषको आइसीयुमा उपचार क्रममा मृत्यु भएको अस्पतालका कोभिड फोकलपर्सन सुदर्शन थापाले जानकारी दिए । कोभिड–१९ जाँच गर्दा उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । ती पुरुषमा निमोनिया देखिएपछि आइसीयुमा राखेर उपचार गरिरहेको थियो ।

दुई दिनअघि पनि कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत् कपिलवस्तुका २ जनाको निधन भएको थियो । तीमध्ये एक जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।