पोखरामा थप ८ जनामा कोरोना पुष्टि, गण्डकीमा ठिक १७००

-



     सफल आवाज    
     श्रावण ३१ गते २०७७ मा प्रकाशित



पोखरा, ३१ साउन । पोखरामा थप ८ जनामा कोरोना संक्रमण देखा परेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराका अनुसार पोखराका विभिन्न ५ वटा वडाहरुमा संक्रमित देखिएका ८ जना सबै पुरुष हुन् ।

तीमध्ये वडा १ का वर्ष २५ का २ जना छन् । वडा १० का वर्ष १८, वर्ष १४ का वर्ष ३१ र ३२, वडा १७ का वर्ष ४० का पुरुषमा कोभिड–१९ देखा परेको हो ।

यसैगरी पोखरा वडा २७ का १८ र ३० वर्षीय पुरुषका पुरुषमा पनि संक्रमण पुष्टि भएको हो । उनीहरु सबैजनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परीक्षण भएको हो ।

संक्रमित सबै जनालाई आइसोलेसन कक्षमा लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा चैत दोस्रो साता बागलुङकी एक युवतीमा पहिलाे पटक कोरोना संक्रमण पुष्टि भएको थियो

शनिबार बिहान पनि पोखराका ३ जनामा कोरोना पुष्टि भएको भन्दै प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान विज्ञप्तिमार्फत जनाएको थियो । पोखरा वडा ८ मा ३५ वर्षका पुरुष र १५ वर्षकी किशोरीमा संक्रमण देखिएको हो । पोखराकै वडा ५ का ३९ वर्षका पुरूषमा पनि कोभिड १९ देखिएको छ ।

शनिबार गण्डकी प्रदेशमा पोखरा सहित १० जनामा संक्रमण देखिएको थियो । तनहुँ र बाग्लुङमा २–२ जना, स्याङ्जा, गोरखा र नवलपुरमा १–१ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ठिक १७०० पुगेको छ । संक्रमितमध्ये ५ जनाको मृत्यु भएको छ । १ हजार ५ सय २० निको भएका छन् ।

गण्डकी प्रदेशमा चैत दोस्रो साता बागलुङकी एक युवतीमा पहिला पटक कोरोना संक्रमण पुष्टि भएको थियो । उनी राजधानी बाहिर संक्रमित पुष्टि हुने पहिलो थिइन् ।