गण्डकीमा थपिए ६ संक्रमित, पोखराकै ५ जना

-



     सफल आवाज    
     श्रावण ३२ गते २०७७ मा प्रकाशित



पोखरा, ३२ साउन । गण्डकीमा थप ६ जना कोरोना संक्रमित फेला परेका छन् । यो सहित कुल संक्रमितको संख्या १ हजार ७ सय ९ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गएको २४ घण्टामा भएको परीक्षणमा पोखराका ५ जना र तनहुँको भानु नगरपालिकामा १ गरी ६ जना संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो ।

पोखरा महानगरपालिका वडा १६ मा २२ र ३० वर्षीय पुरुष तथा २२ र ५० वर्षीया महिला संक्रमित बनेका हुन् ।

पोखरा वडा ५ की ३३ वर्षीया महिलामा पनि कोभिड–१९ पुष्टि भएको हो ।

त्यस्तै, तनहुँको भानु नगरपालिका वडा ४ का ३० वर्षीय पुरुष छन् ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । गण्डकीमा शनिबार २१ जनामा कोरोना संक्रमण देखा परेको थियो ।

गण्डकीमा कुल संक्रमितमध्ये ५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये करिब ९० प्रतिशत अर्थात् १ हजार ५ सय २० जना निको भइ घर फर्केका छन् । गण्डकीमा हालसम्म ३३ हजार जनाको नमुना संकलन भैसकेको हो ।