
पत्रकार दुर्गा भण्डारी प्रेस काउन्सिल नेपाल सदस्य पदमा नियुक्त भएकी छन् । पोखरामा लामो समयदेखि पत्रकारितामा क्रियाशील भण्डारी कानून व्यवसायी समेत हुन् ।
उनी नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य एवं प्रेस चौतारी नेपालको केन्द्रिय कमिटीको पूर्व सचिव समेत हुन् ।
मन्त्रीस्तरीय निर्णय अनुसार भण्डारीसहित अर्का पत्रकार दीपक पाण्डे पनि सदस्य नियुक्त भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिए । पाण्डे पत्रकार महासंघ लेखा समितिका पूर्व संयोजक हुन् ।