नेपाल भेन्टिलेटर बैंकलाई फोनपे पेमेन्टकाे सहयोग

-



     सफल आवाज    
     भाद्र १ गते २०७७ मा प्रकाशित



काठमाडाै,१ भदाै । नेपाल भेन्टिलेटर बैककोे सय दिनमा एक हजार भेन्टिलेटर सरकारलाई उपलब्ध गराउने अभियानमा फोनपे पेमेन्टले सहयोग गर्ने भएकाे छ ।

फोनपे पेमेन्टकाे हरेक कारोबारमा एक रुपैयाँ छुट्याउने सम्झौतापत्रमा फोनपे अन्तरगत एफवान सफ्टका अध्यक्ष विश्वास ढकाल र भेन्टिलेटर बैंकका तर्फबाट बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
अभियान अन्तर्गत अब फोनपेबाट अन्तरबैंक कारोबार गर्दा प्रति कारोबार १ रुपैयाँ छुट्याइने बताइएको छ ।यसरी छुट्याइएको रकम नेपाल भेन्टिलेटर बैंकलाई उपलब्ध गराइनेछ ।

भाद्र १ गतेदेखि एक महिनासम्म यो अभियान लागु हुने बताइएको छ ।यो विषम परिस्थितिमा भेन्टिलेटरको अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्ये भेन्टिलेटर बैंकलाई सहयोग गरेको फोनपे ले जनाएको छ ।

भेन्टिलेटर बैंकले सय दिनमा १ हजार भेन्टिलेटर उपलब्ध गराउने उद्देश्यले आफ्नो अभियान सञ्चालन गरिरहेको भेन्टिलेटर बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठले सफल आवाजलाई बताए । लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक समेत रहेका श्रेष्ठले सय दिनमा एक हजार भेन्टिलेटर अभियानको नेतृत्व गरिरहेका छन ।