भरतपुर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

-



     सफल आवाज    
     भाद्र १ गते २०७७ मा प्रकाशित



कोरोना भाइरस सङ्क्रमणको उपचारमा खटिएका अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, प्रसूति तथा स्त्रीरोग विभागीय प्रमुख र अन्य चिकित्सक स्वास्थ्यकर्मीा कोरोना सङ्क्रमण देखिएपछि भरतपुर अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ ।

अस्पतालमा चितवनसहितका १९ जिल्लाका बिरामीको उपचार हुँदै आएको थियो । कोरोना सङ्क्रमणका बिरामी पनि त्यही अनुपातमा उपचार भइरहेको थियो ।

अस्पताल प्रशासनले सूचना जारी गर्दै अर्कोे सूचना जारी नभएसम्मका लागि अन्य सेवा बन्द गरिएको जनाएको छ ।

अस्पतालले जनरल बहिरङ्ग सेवा बन्द गरी एकीकृत आकस्मिक सेवामार्फत बिरामीको उपचार गरिने सूचनामा उल्लेख छ । यस्तै सघन उपचार कक्ष र प्रसूति विभागमा पनि नयाँ सेवा बन्द गरिएको छ । त्यहाँ रहेका बिरामीलाई व्यवस्थापन गरी निर्मलीकरणका लागि नयाँ सेवा बन्द गरिएको सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि बन्द गरिएको सो कक्ष शनिबार राति मात्रै खोलिएको थियो ।