शेयर नामसारी अनिश्चितकालका लागि बन्द गर्ने निर्णय

-



     सफल आवाज    
     भाद्र १ गते २०७७ मा प्रकाशित


काठमाडौं, १ भदौ । कोरोना भाइरस (कोभिड–१९) का कारण शेयर नामसारी बन्द भएको छ । कोरोनाको जोखिम बढेको भन्दै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले सोमबारबाट नामसारी बन्द गर्ने निर्णय गरेको हो ।

अब अर्को निर्णय नहुञ्जेलसम्म शेयरको घरायसी तथा मृत्यु नामसारी कार्य स्थगित भएको सिडिएसीले जानकारी दिएको छ । सरकारले अत्यावश्यक बाहेका कामकारबाहीहरु बन्द गर्न भनेसँगै नामसारी बन्द गरिएको हो ।

घरायसी तथा मृत्यु नामसारी गर्दा भिडभाड हुने र कोरोनाको खतरा हुने भन्दै बन्द गरिएको हो । अन्य अत्यावश्यक काममात्रै जारी रहनेछ । अब कुनै कम्पनीमा रहेको एक व्यक्तिको शेयर अर्को व्यक्तिको नाममा नामसारी हुनेछैन ।