सेयर बजार दोहोरो अंकले बढ्यो, अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     भाद्र १ गते २०७७ मा प्रकाशित



काठमाडौं, १ भदौं । सेयर बजार दोहोरो अंकले बढेको छ । साताको दोस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव ७५ अंकले बढेको हो । नेप्से परिसूचक बढेर १ हजार ४ सय २ दशमलव २१ अंकमा पुगेको छ ।

‘क’ वर्गको कारोबार मापन गर्ने परिसूचक पनि १ दशमलव १४ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कारोबार हुने हाइड्रोपावर बाहेकका सबै उपसमूहहरु हरियाली देखिएका छन् । सबै भन्दा बढी प्रतिशत बढ्नेमा निर्जिवन बीमा कम्पनी उपसमूह देखिएको । निर्जिव बीमा २,४६ प्रतिशत अर्थात १६२ दशमलव १३ अंकले बढेको छ ।

नेप्से परिसूचकमात्रै होइन कारोबार रकम समेत राम्रै भएको छ । दिनभर भएका १८४ कम्पनीको १६ हजार ७ सय २४ कारोबारबाट ३५ लाख ९१ हजार ४८ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम १ अर्ब ७ करोड ४९ लाख ३२ हजार ५ सय ९७ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।