घरको छतबाट खसेर युवकको मृत्यु

-



     सफल आवाज    
     भाद्र १ गते २०७७ मा प्रकाशित


सांकेतिक तस्बिर


  

रुपन्देही, १ भदौ । फोनमा कुरा गर्दैगर्दा घरको छतबाट खसेर रुपन्देहीमा एक युवकको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका भैरहवाका २३ वर्षीय विकास जैसवालको मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

बिहान आफ्नो तीनतले घरको छतमा फोनमा कुरा गर्दैगर्दा अचानक खसेर गम्भीर घाइते भएका जैसवालको उपचारका क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको प्रहरी प्रवक्ता बैदवारले बताए । रासस