एसईईको नतिजा प्रकाशित

-



     सफल आवाज    
     भाद्र १ गते २०७७ मा प्रकाशित



काठमाडौं ,१ भदौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशित गरेको छ। आज सोमबार बसेको बोर्ड बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो ।
बोर्डका अनुसार अहिले ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको हो । नतिजा टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न सकिनेछ ।

चैत ६ गतेकाे लागि निर्धारित एसईईकाे परिक्षा कोराेनाका कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नभएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको बताइएकाे छ।

विद्यालयहरूले राष्ट्रिय परीक्षा बोर्डले ताेकेकाे नियम परिधिमा रहेर विद्यार्थीको मूल्यांकन गरि साे बिबरण राष्ट्रिय परीक्षा बोर्डमा पठाएका थिए ।