तय भइसकेको चार्टर्ड उडान समेत स्थगित

-



     सफल आवाज    
     भाद्र १ गते २०७७ मा प्रकाशित



काठमाडौं । अब विदेशबाट हुने उद्धार तत्काल नहुने भएको छ । हरेक दिन सरकारले गर्दै आएको उद्धार उडान कोरोना जोखिम बढेपछि स्थगित गरेको हो । नयाँ उद्धार उडानमात्रै होइन तय भइसकेका चार्टर्ड उडानसमेत स्थगित गर्ने सरकारले बताएको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी० ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गर्न पत्र लेखेको छ ।

त्यसकै आधारमा सरकारले चार्टर्ड उडान स्थगन गरेको हो । गत सोमबारको मन्त्रिपरिषद बैठकले ३ सय जना दूतावासहरुको सिफारिसमा र अरु २ सय जना वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्चेर २ सय जना गरी दैनिक ५ सय जना उद्धार गर्ने निर्णय गरेको थियो ।