पोखरामा १५ सहित गण्डकीमा थपिए २५ कोरोना संक्रमित

-



     सफल आवाज    
     भाद्र २ गते २०७७ मा प्रकाशित


पोखरा, २ भदौ । पोखरामा थप १५ जनामा कोरोना संक्रमण फैलिएको छ । सोमबार राति ११ र मंगलबार बिहान ४ जना गरी १५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

जसअनुसार पोखरा वडा ६ का वर्ष २३ र २८ का पुरुष, वडा नम्बर नखुलेको वर्ष २५ र ५० का महिलामा संक्रमण देखिएको हो ।

यसैगरी पोखराका ११ जनामा कोभिड–१९ देखिएको पुष्टि गएराति विज्ञप्तिमार्फत जनाइएको थियो । तीमध्ये ४ महिला छन् ।

पोखरा वडा १६ का ६६ वर्षीय पुरुष, वडा ९ का ३६ वर्षीय पुरुष र ३१ वर्षीया महिला, वडा ७ की ३६ वर्षीया महिला र ३८ वर्षीय पुरुष, वडा १७ का ८७ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।

यसैगरी पोखरा वडा २७ की २४ वर्षीया महिला, १० वर्षीय बालक सहित ५९ वर्षीय पुरुष, वडा ३० का ४६ वर्षीय पुरुष, वडा ४ की २१ वर्षीया महिला छन् ।

गण्डकीमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ७ सय ६४ पुगेको छ ।

तीमध्ये नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका वडा २ का १४ वर्षीया किशोरी र ३७ वर्षीया महिला, बागलुङको बरेङ २ का ६ वर्षीय बालक र २५ वर्षीया महिलामा कोरोना देखिएको छ ।

गण्डकी प्रदेशमा मंगलबार बिहान ८ र सोमबार राति १७ जनामा कोरोना देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जनाए ।

गएराति नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयत्रिवेणी–१ का २८ वर्षीय पुरुष, लमजुङ दोर्दी १ का ३० वर्षीय पुरुष, तनहुँको व्यास १ का वर्ष २३ र ३१ का महिला, बागलुङ १ का २६ वर्षीय पुरुष, स्याङ्जाको पुतलीबजारका ६० वर्षीय पुरुषलाई पनि कोरोना पुष्टि भएको छ ।

संक्रमित मध्ये १ हजार ५ सय ५० जना निको भएका छन् । ५ जनाको मृत्यु भएको छ ।