कोभिड प्रभावित क्षेत्रलाई ५ प्रतिशत ब्याजमा पुनरकर्जा, कुन–कुन क्षेत्रले पाउछन् ?

-



     सफल आवाज    
     भाद्र २ गते २०७७ मा प्रकाशित



काठमाडौं । कोभिड प्रभावित क्षेत्रहरुलाई सहुलियत दिनका लागि नेपाल राष्ट्र बैंकले पुनरकर्जाको प्रक्रिया शुरु गरेको छ । राष्ट्र बैंकले सार्वजनिक सूचना नै जारी गरेर पुनरकर्जाका लागि आवेदन माग गरेको छ ।

पुनरकर्जाका लागि ग्राहक ऋणिले भने जुन बैंकबाट ऋण लिएको हो सोहि बैंकको सोहि शाखामा निवेदन दिनु पर्नेछ । प्राप्त निवेदनहरु संलग्न राखी बैंकहरले पुनरकर्जाका लागि पेश गर्न सक्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

यसका लागि असोज १४ सम्म आवेदन बुझाई सक्नु पर्ने राष्ट्र बैंकले बताएको छ । सूचनामा उल्लेख भए अनुसार बैंकहरुले नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७ अनुसुची १ बमोजिमको ढाँचाको आवेदन, इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक समितिको निर्णय र शाखा कार्यालयहरुको ठेगाना तथा संचालन भएको मिति सहितको सूची समेत संलग्न राखी आवेदन दिनु पर्नेछ । पुनरकर्जा राष्ट्र बैंकले ३ प्रतिशत ब्याजदरमा बैंकहरुलाई उपलब्ध गराउछ भने अणिले ५ प्रतिशतमात्रै ब्याज तिर्नु पर्नेछ ।

कुन–कुन क्षेत्रले पाउँछन् यस्तो सुविधा ?
१. पर्यटनः
क) ट्रेकिङ्ग, ट्राभल एजेन्सी, पर्वतारोहण, र र्याफ्टिङ्ग, क्याम्पिङ्न, टुर अपरेटर, हिलिङ्ग सेन्टर, क्यासिनो, मसाज स्पा आदि,
ख) होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट, तथा रेष्ट्रां, पर्यावरणीय पर्यटन, बन्यजन्तु आरक्ष,
ग) सांहसिक पर्यटनः स्किइङ्ग, ग्लाइडिङ्ग, वाटर न्याफ्टिङ्ग, हट एयर व्यालुनिङ्ग, क्यानोइड, प्यारासेलिङ्ग, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ्ग, हिमाल आरोहरण र अवलोकन लगायत,
घ) गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ्ग, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, कवलकार
२. हवाई तथा पर्यटकीय यातायातः
३. मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन सम्बन्धी व्यवसाय, पार्टी प्यालेसस
४. चलचित्र उत्पादन, वितरण, सिनेमा हल
५. रोजगारी गुमेका वा लेअफमा परेका श्रमिक, कामदार वा कर्मचारी (स्वदेशमा वा विदेशमा)
६. मूलभुत रुपमा सडेर गलेर जाने वस्तु जस्तैः तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दुध तथा दुधजन्य उत्पादन, अण्डा आदि उत्पादन तथा बिक्री वितरणः
७. कुखुरापालन व्यवसाय
८. पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय
९. तयारी पोशाक, हस्तकला तथा सीपमुलक व्यवसाय
१०. वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायक ।

मध्यम प्रभावित क्षेत्रः
१. खप्ने सामान जस्तै प्लास्टिक, फलाम र स्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित उद्योग व्यवसाय
२. नीजि तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्व विद्यालय, प्राविधिक शिक्षालय, प्रि९स्कुल, चाइल्ड केयर
३. यात्रुवाहक स्थल यातायात
४. व्यूटी पार्लर, सैलुन, कस्मेटिक सर्जरी लगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप
५. कानूनी, लेखा, इन्जिनियरिंग लगायतका परामर्श सेवा वा व्यवसाय
६. अस्पताल, क्लिनिक, नरसिंगहोम, डायग्नोस्टिक सेन्टर
७. हेल्थ सेन्टर वा फिट्नेस सेन्टर
८. भण्डारण गर्न सकिने बस्तु ९ खाद्यान्न बाहेक उत्पादन, प्रशोधन तथा बिक्री वितरण वन तथा खनिजजन्य उद्योग
१०. निर्माण व्यवसाय
११. औषधि उत्पादन
१२. छपाइ, प्रकाशन तथा सचार गृह
१३. निर्माणाधीन जलविद्युत तथा नवीकरणीय उर्जा
१४. पत्थर, माटा तथा सिसाका उत्पादन सम्बन्धी व्यवसाय ।