कास्कीमा आज रातिदेखि निषेधाज्ञा लागू

- निषेधाज्ञाको अवधीमा बैक, बितिय संस्था र सहकारीहरु समेत संचालन गर्न नपाइने

-



     सफल आवाज    
     भाद्र २ गते २०७७ मा प्रकाशित



पोखरा, २ भदौ । कास्कीमा अन्ततः निषेधाज्ञा लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले आज (मंगलबार) राति १२ बजेदेखि भदौ ७ गते रातिसम्म कास्की जिल्लाभर निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार बिहान आधिकारिक रुपमा सूचना जारी गर्दै कोरोना महामारी फैलिएकोले सोको नियन्त्रणका लागि जिल्ला संकट व्यवस्थापन समितिकाे बैठकले याे निर्णय गरेको जनाएको छ।

निषेधाज्ञाकोे समयमा अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द रहने छन् । यो निषेधाज्ञाको अवधीमा बैक, बितिय संस्था र सहकारीहरु संचालन गर्न नपाइने जारी सूचनामा उल्लेख छ । तर एटिएम र अनलाइन सेवाको प्रबन्ध गर्न बाधा नपर्ने जनाइएको छ ।