नवलपरासी कांग्रेस जिल्ला उपसभापति गिरीको कोरोनाले मृत्यु

-



     सफल आवाज    
     भाद्र २ गते २०७७ मा प्रकाशित



नेपाली कांग्रेसका पश्चिम नवलपरासी जिल्ला उपसभापति सुवास गिरीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। ३८ वर्षीय गिरीको उपचारको क्रममा ललितपुरको पाटन अस्पतालमा अाज बिहान मृत्यु भएको हो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गिरीकाे मंगलबार उपचारको क्रममा दुखद निधन भएको बताउदै श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् ।